नेभिगेशन
प्रवासका कुरा

ट्रम्पलाई इरानको जवाफ– सबै आक्रमणको सामना गर्छौं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन दिएको समयसीमा सकिनै लाग्दा इरानले जस्तोसुकै आक्रमणको सामना गर्न आफू तयार रहेको जवाफ दिएको छ ।

बीबीसीका अनुसार स्ट्रेट अफ हर्मजु खुलाउन ट्रम्पले दिएको ४८ घण्टाको समयसीमा मार्च २४ को बिहान ३ बजे सकिँदैछ । ट्रम्पले हर्मुज जलमार्ग नखोले इरानी ऊर्जा प्लान्टहरू “मेटाइदिने“ चेतावनी दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, इरानी नेतृत्वले भने ट्रम्पले धम्क्याएजसरी नै अमेरिका अगाडि बढेमा उक्त समुद्री जलमार्ग पूर्ण रूपमा बन्द गरिदिने चेतावनी दिएको छ । त्यस्तै इरानले खाडी क्षेत्रभर रहेका ऊर्जा, तेल, प्रविधि र जलप्रशोधन केन्द्रहरूलाई निशाना बनाउने चेतावनी समेत दिएको छ ।

Ncell
Extreme Energy

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी धम्की र आतंकले आफूहरुको एकतालाई थप बलियो बनाएको दाबी गर्दै युद्धभूमिमा हुने जस्तोसुकै खतरा सामना गर्न इरान तयार रहेको उल्लेख गरेका छन् ।

अमेरिका र इजरायले तेहरानमा आक्रमण थालेपछि इरानले हर्मुज जलमार्ग बन्द गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप प्रवासका कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...