नेभिगेशन
समाज

न्याय माग्दै पीडितहरु राष्ट्रिय महिला आयोगमा

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् ।

‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।

Ncell
Extreme Energy

माइतीघर मण्डलामा न्यायका लागि धर्ना बस्दा पनि न्यायका लागि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको  ध्यानाकर्षण गराएका हुन् ।

पीडित पक्षको मागमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको सचिव नवराज रोकाले जानकारी दिए। उनले पीडितले जति सक्दो चाँडो न्याय पाउनुपर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट  २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा...
नक्कली औषधि भेटिएपछि  एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

नक्कली औषधि भेटिएपछि एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटक्याप्स नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि...
ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

एसएचए २२७ जहाजको ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिए ।