नेभिगेशन
समाज

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, धनुष सहकारीको ८२ लाख झिकेर मिटरब्याजमा

पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा जाहेरी दिने मुख्य जाहेरीकर्ता कृष्ण जैसी आफैं सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । 

जैसीले आफू पोखराको सूर्यदर्शन सहकारी पीडित भएको भन्दै जाहेरी हालेका थिए । अहिले उनै जैसी पोखराकै धनुष सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले ८२ लाख रकम अपचलन गरेको आरोप छ । कास्की प्रहरी स्रोतका अनुसार जैसी प्रहरीको नियन्त्रणमा छन् भने अन्यको पनि खोजी कार्य भैरहेको छ । 

Ncell
Extreme Energy

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले गरेको वित्तीय विश्लेषण प्रतिवेदनका अनुसार धनुष सहकारीको १२ करोड ५६ लाख अपचलन भएको थियो । जसमा जैसी सहित १३ जनालाई प्रतिवादी देखाइएको छ ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा जैशी सहित पूर्वव्यवस्थापक विराज सुवेदी र जगत पौडेलले पनि करोडौं रुपैयाँ दुरुपयोग गरेको उल्लेख छ ।

 यी तीन जनासँगै इन्जिनियर असिम बराल र अमेरिकामा रहेकी सिर्जना गुरुङ (परिवारसहित)ले गरी कुल झन्डै ३ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदनले औंल्याएको छ । 

सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिका वडा नं.९, नयाँबजारमा कार्यालय रहेको यस संस्थाको कुल हिनामिना रकम १९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । 

प्रतिवेदनले जैशीले ऋण समिति सदस्यको हैसियतमा पदको दुरुपयोग गरी सहकारीको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको, चर्को मिटरब्याजमा लगानी गरी ब्याज असुल्ने धन्दा चलाइएको तथा फर्जी ब्याज प्रविष्टि गरी रकम दाखिला नगरेको स्पष्ट पारेको छ । यसैगरी, व्यवस्थापकहरूसँग मिलेमतो गरी फर्जी ब्याज राखेर करिब ४३ लाख ब्याज र अन्य गरी कुल ७२ लाख रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ ।

पीडित बचतकर्ताहरूका अनुसार जैशीले सार्वजनिक रूपमा सहकारी पीडितको पक्षमा उग्रआवाज उठाउने गरे पनि आफैं ठगीमा संलग्न रहेको खुलासापछि यतिबेला सबैजना स्तब्ध भएका छन् । जैशीसँग पैसा फिर्ता गर्न आग्रह गर्दा उल्टै धम्की दिने गरेको पीडितहरूको गुनासो छ ।

सहकारी ठगीमा संलग्न जैशीले क्रमिक रुपमा साना सहकारीमा मिटर ब्याजमा लगानी गरी रकम असुल्ने र फर्जी बचत बनाई रकम निकासी गर्ने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनले सोही सिलसिलामा सूर्यदर्शन सहकारीमा बचतकर्ता बनी रकम लगेर दाखिला गराए पश्चात् उल्टै ठगिएको र सुरु अनुसन्धानमा जाहेरी नराखी रविविरुद्धको अनुसन्धानमा जाहेरी दिएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

भर्खरै