नेभिगेशन
समाज

रवि लामिछानेलाई अमेरिकाको बधाईः ‘नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक’

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अमेरिकाले बधाई दिएको छ। 

साथै उसले नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले मंगलबार रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर बधाई दिएका हुन्।

Ncell
Extreme Energy

त्यस क्रममा उनले भने, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ प्रगाढ बनाउन उत्सुक छ।’

यसअघि चीन, भारत, पाकिस्तानलगायत देशले पनि रास्वपालाई बधाई दिइसकेका छन्। 

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १८२ सिट जितेको रास्वपाले केही दिनमा एकल सरकार गठन गर्दै छ। 

चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठनका लागि रास्वपाले गृहकार्य गरिरहेको छ।

नेपालको संविधान २०७२ जारी भएयता पहिलोपटक एउटै दलले बहुमत प्राप्त गरी सरकार गठन गर्न लागेको हो।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

भर्खरै