नेभिगेशन
समाज

रास्वपाका सांसदहरुले लिँदैछन् डोटेली देखि खाम भाषासम्म शपथ

४७ सांसदले लिदैछन् नेपाली बाहेक १७ मातृभाषामा शपथ

काठमाडौँ । आज दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुको शपथ हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ सांसदले नेपालीबाहेक मातृभाषामा शपथ लिदैँ छन् । 

रास्वपाका केहि सांसदहरुले नेपालमा भाषामा शपथ लिदैँ छन् । नेपाल भाषामा शपथ लिन अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित, विराजभक्त श्रेष्ठ, सहजान खातुनले निवेदन दिएका संसद् सचिवालयले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरि आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामीले डोटेली भाषामा शपथ लिने तयारी गरेका छन्। 

Ncell
Extreme Energy

त्यसैगरि अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार, निशा मेहता, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, शम्भुकुमार यादव र जोगकुमार बरबरिया यादवले मैथिली भाषामा शपथ लिँदैछन् ।  

त्यसैगरि नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले बजिका भाषामा शपथ लिने संसद् सचिवालयले जनाएको छ। 

भोजपुरी भाषमा कन्हैया बनियाँ, बुद्धिप्रसाद पन्त र रवीन्द्र पटेलले शपथ लिनेछन्।

त्यसैगरि अमरकान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, प्रमिलाकुमारी गच्छदार, सुरेन्द्र चौधरी तथा कठरिया थारू भाषामा करिश्मा कठरिया र राना थारू, कृपाराम राना थारू भाषामा शपथ लिनेछन् । 

मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिने संसद् सचिवालयले जनाएको छ।  

त्यसैगरि संस्कृत भाषामा खुश्बु ओली, बान्तावा भाषामा ध्रुवराज राई, तामाङमा परशुराम तामाङ, चाम्लिङमा निश्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, बझांगीमा ऐनबहादुर महर, छन्त्यालमा गंगा छन्त्याल र मगर खाम भाषमा रेनुका काउचाले शपथ लिने तयारी गरेका छन्। 

श्रम संस्कृति पार्टीका ७ जना सांसदले चारवटा मातृ भाषामा शपथ लिने तयारी गरेका छन्। अध्यक्ष हर्क सामपाङले भने नेपाली भाषामै शपथ लिने सो पार्टीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।
बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश,  आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश, आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश आसपासबाट जमिनमा प्रवेश गरेको छ।
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।

भर्खरै