नेभिगेशन
समाज

इरानसँग युद्ध अन्त्यका लागि अमेरिकाले पठाएका १५ प्रस्ताव के के हुन् ?

अमेरिका इसराइल र इरानबीच झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई १५ बुँदे प्रस्ताव पठाएको छ । 

फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग मिलेर इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाध दिनमै इरानलाई घुँडा टेकाउने दाबी गरेको भए पनि महिना दिन पुग्न लाग्दासमेत मध्यपूर्वको तनाव मत्थर भएको छैन।

Marvel
Extreme Energy

यहि बिचमा  अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १५ बुँदे प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । 

उक्त प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम समृद्धिका कार्यक्रमहरू रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने तथा क्षेत्रीय सशस्त्र समूहलाई इरानले दिँदै आएको सहयोग कटौती गर्ने जस्ता सर्तहरू समावेश रहेको भनेर रोयटर्सले इसराइली क्याबिनेट स्रोतलाई उद्धृत गरी लेखेको छ।

ह्वाइट हाउसबाटै उक्त प्रस्ताव भने सार्वजनिक भएको छैन। बरू सम्झौताका लागि इरानले अस्वीकार गरे आक्रमण अझै तीव्र पार्ने चेतावनी दिएको छ।

इरानले ती प्रस्तावहरू अध्ययन गरिरहेको रोयटर्सले जनाएको छ। ती प्रस्तावहरू इजिप्ट र पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत पठाइएको भनेर अर्को अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस ९एपी०ले जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अरागचीले अमेरिकी प्रस्तावहरूमाथि अध्ययन भइरहेको तर प्रत्यक्ष वार्तामा बस्ने कुनै योजना नरहेको बताएका छन्।

सरकारी टेलिभिजनसँगको कुराकानीमा अरागचीले मध्यस्थकर्तामार्फत युद्धरत दुई पक्षबीच सन्देश आदान-प्रदान भइरहेको बताएका हुन्। तर सन्देश आदान प्रदान हुनुलाई अमेरिकासँग वार्ता भइरहेको भनेर अथ्र्याउनु गलत हुने पनि उनले बताएका छन्।

'उनीहरूले आफ्ना प्रस्ताव पठाएका छन्। ती उच्च तहमा पुगेका छन्, आवश्यक परे आधिकारिक धारणा सार्वजनिक गरिनेछ,' विदेशमन्त्री अरागचीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

इरानले कुनै पनि सम्झौतामा लेबननलाई पनि समेट्नुपर्ने अडान दोहोर्‍याएको छ। खामेनीको हत्यापछि लेबननबाट इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले इसराइलमा हवाई हमला गरेको थियो।

त्यसको जबाफमा इसराइल र अमेरिकाले लेबननमा हमला गर्दा सैयौंको मृत्यु र लाखौं विस्थापित भएका छन्। भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ।

त्यसकारण इरानले लेबननलाई पनि सम्झौतामा समेट्नुपर्ने  अडान लिएको छ। आगामी दिनमा हिजबुल्लाह विरूद्धको आक्रमण नहुने प्रतिबद्धता पनि उसले इसराइल र अमेरिकाबाट चाहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान वार्ताका लागि इच्छुक रहेको दाबी गरेका छन्। वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इरानी नेतृत्व सम्झौता गर्न चाहेको तर आन्तरिक दबाबका कारण खुला रूपमा स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।

अमेरिकी प्रस्तावहरू इरानले स्वीकार गर्छ भन्ने इसराइलले पनि शंका व्यक्त गरेको छ। त्यसकारण आवश्यकता अनुसार सैन्य कारबाही गर्ने विकल्प सुरक्षित राख्नुपर्न उसको शर्त छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले भने इरानले अमेरिकी प्रस्ताव अस्वीकार गर्दै आफ्नै प्रस्ताव अघि सारिसकेको भन‍ेर लेखेको छ। 

अमेरिकाले प्रस्ताव पठाएकै दिन इरानले इसराइल र अरू खाडी मुलुकमा आक्रमण तीव्र पारेको भनिएको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा इन्धन ट्यांकमा इरानले हवाई हमला गर्दा त्यहाँ आगलागी भएको एपीले जनाएको छ।

इरानले अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले जनाएको छ।

त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त संचालन गर्नु पाउनु पर्ने भनेको छ।

इरानको सत्तामा पछिल्लो समय  इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) झन धेरै शक्तिशाली भएकाले यस्ता कडा सर्त राखेको हो।

इरानका माग हास्यस्पद र सम्बोधन गर्न नसकिने भएको वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले प्रतिक्रिया दिएको पनि जर्नलले लेखेको छ।

इरानले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुजु नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच दिनसम्म ऊर्जा संरचनामा प्रहार नगर्ने घोषणा गरेका छन्।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) प्रमुख ब्राड कूपरले  इरानभित्र १० हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ। उनले इरानका ९२ प्रतिशत ठूला नौसैनिक जहाज नष्ट भइसकेको र ड्रोन तथा मिसाइल प्रक्षेपण दर ९० प्रतिशतभन्दा बढी घटेको दाबी गरेका छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।