नेभिगेशन
समाज

शितलनिवासमा यसरी हुँदै छ 'प्रधानमन्त्री' बालेन शाहको शपथ

काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) पाउँदै छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

Ncell
Extreme Energy

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । 

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए। 

यसरी हुने छ शपथः
नयाँ प्रधानमन्त्रीकारुपमा बालेन शाहको शपथमा केही नयाँ अभ्यास गरिदैँ छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो हुने शपथका लागि शीतल निवासमा उत्तरतर्फ फर्केको मञ्च बनाइएको छ ।

 राष्ट्रपति कार्यालयका अनुसार शपथ कार्यक्रमको मोडालिटीबारे बुधबार बालेनको टोलीका सदस्यले राष्ट्रपति कार्यालयका अधिकारीसँग छलफल गरेका थिए ।

छलफल अनुसार बालेन दौरा सुरुवाल र भादगाउँले टोपीमा शपथ लिन जाने तयारी छ । 

प्रधानमन्त्रीको शपथका लागि आज(शुक्रबार) दिउँसो १२ः३४ को साइतमा हुने छ । 

शुभ साइत १२ः३४ मा बालेनले ‘म ...’ (शपथको शुरूआत म ... बाट हुने गर्छ) भनेर उच्चारण गर्ने गरी समय मिलाइएको जनाइएको छ । 

शपथ समारोहका औपचारिकरुपमा राष्ट्रपति रामचन्द्र पौडेल सवा १२ बजे मञ्चमा पुगेपछि सुरु हुने छ भने लगत्तै राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले  १२ः१५ देखि १२ः३३ सम्ममा औपचारिकरुपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउने छन् । 

राष्ट्रपति कार्यालयले तयार गरेको ‘शेड्युल’ अनुसार १२ः३३ मा राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्री शपथका लागि माइकको अगाडि उभिने छन् ।

बालेनको शपथका क्रममा बटुकहरूले स्वस्तिवाचन, बौद्ध भिक्षुले मंगलवाचन गर्नुका साथै शंख ध्वनि समेत गरिनेछ । 

प्रधानमन्त्रीको शपथका बेला नेवारी, मैथली, किराँत लगायत विभिन्न जातीय संस्कृति झल्किने कलाचित्र राखिने भएको छ । 

राष्ट्रपति कार्यालयले संवैधानिक निकाय, कूटनीतिक नियोगलगायत प्रतिनिधिलाई राष्ट्रपति कार्यालयले निमन्त्रणा गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।
बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश,  आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश, आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश आसपासबाट जमिनमा प्रवेश गरेको छ।
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।

भर्खरै