नेभिगेशन
समाज

रमेश लेखकलाई पक्राउ गर्न निवास पुग्यो प्रहरी

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ पर्ने भएका छन् । उनलाई नियन्त्रणमा लिन प्रहरीको टोली कटुन्जेस्थित लेखकको निवासमा पुगेको छ ।

लेखकलाई नियन्त्रणमा लिन जरुरी पक्राउ पुर्जी लिएर प्रहरी खटिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । अहिले लेखक निवास बाहिर ठुलोसँख्यामा 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू खटिएका छन् ।

Ncell
Extreme Energy

शुक्रबार मात्रै नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको थियो । 

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।

शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए ।

मध्यरातसम्म भएको छलफलपछि सरकारले प्रहरीलाई लिखित आदेश दिएको थियो । त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरिएको थियो। 

मुलुकी फौजदारी संहिताको मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो ।

उक्त दफामा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । आयोगले ती दुवै दफा उल्लेख गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अन्सर्टको शिष्टाचार भेट

सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अन्सर्टको शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्सर्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।
विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

लामो समयदेखि सञ्चालनमा आउन नसकेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारले अध्ययन प्रक्रिया अघि बढाएको छ। मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका...
सुनसरी र सिरहामा भएको प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सरकारले गर्यो सहिद घोषणा

सुनसरी र सिरहामा भएको प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सरकारले गर्यो सहिद घोषणा

आज बसेको मन्त्रिपरिषदको बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप लागेका बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन

ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप लागेका बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।

भर्खरै