नेभिगेशन
समाज

केपी ओलीलाई पक्राउ गर्न निवासमा छिर्यो प्रहरी

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुण्डुस्थित ओली निवासमा रहेका एक एमाले नेताले पनि  प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको पुष्टि गरे ।

Ncell
Extreme Energy

अहिले गुण्डुस्थित ओली निवास बाहिर बाक्लो संख्यामा नेता कार्यकर्ता जम्मा भएका छन्।

शुक्रबार मात्रै नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको थियो । 

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।

शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए ।

मध्यरातसम्म भएको छलफलपछि सरकारले प्रहरीलाई लिखित आदेश दिएको थियो । त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरिएको थियो। 

मुलुकी फौजदारी संहिताको मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो ।

उक्त दफामा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । आयोगले ती दुवै दफा उल्लेख गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर,...
फेरी पक्राउ परे दुर्गा प्रसाईं

फेरी पक्राउ परे दुर्गा प्रसाईं

उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले प्र्रसाईलाई निवासबाटै पक्राउ गरेको हो।
आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।
१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्।