नेभिगेशन
समाज

ट्रकले ठक्कर दिंदा राेल्पा जाँदै गरेका बस दाउन्नेको भिरबाट खस्यो, ३ जनाको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएकाे सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिमले)का अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेकाे छ । बस काठमाडौंबाट रोल्पा जाँदै थियो ।

Ncell
Extreme Energy

दुर्घटनामा मृत्यु भएका एक जनाको मात्रै पहिचान भएको छ । उनी रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा घाइतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भैरहेको छ ।

लुम्बिनी सिटी अस्पतालमा रहेका घाइतेहरू

१) बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं. २४ को मरिचमान घर्तीमगर

२) बस चालक ऐ. माडी बस्ने वर्ष अं.२४ को हिमाल घर्ती मगर

३) जिल्ला कञ्चनपुर कृष्णपुर गा.पा. ६ बस्ने वर्ष अं. २८ को लोकराज ओझा

४) ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न.पा. ७ बस्ने वर्ष २४ को सागर चौधरी

५) ऐ. बस्ने वर्ष १९ को जिवन चौधरी

६) जिल्ला काठमाडौ बस्ने वर्ष अं. २८ कि लक्ष्मी खत्री

७) जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं. १९ को किरण पुन मगर

८) ऐ. बस्ने वर्ष ४८ कि सुशिला नेपाली

९) जिल्ला रोल्पा माडि गा. पा. ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी

१०) ऐ. बस्ने वर्ष अं. ६२ को झुप बहादुर घर्ती

११) ऐ. ३ बस्ने वर्ष अं. ६२ को तिर्थ बहादुर पुन

१२) जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपाली

१३) १ जना महिलाको अ.बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेकाे एक जना

चिसापानी अस्पतालमा उपचार भइरहेका घाइतेहरु

१)जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ

२)पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं. २९ को आषिक गुरुङ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै