नेभिगेशन
समाज

सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

काठमाडौँ । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गतेबाट सुरु हुने भएको छ ।

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतियोगितामा सहभागी हुनका लागि सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शाहीको भनाइ छ ।

Ncell
Extreme Energy

विभिन्न देशका धावक सहभागी हुने प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडका लागि कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् । जसका लागि रु ५०० दर्ता शुल्क तोकिएको छ । दश किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ ।

प्रतियोगीताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तेस्रोलाई रु दुई हजार पुरस्कार तोकिएको अध्यक्ष शाहीले जानकारी दिए ।

साथै १० किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाँच हजार तथा ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु  ५० हजार, चौथो र पाचौँलाई समान रु २०–२० हजार पुरस्कारको व्यवस्थापन गरिएको छ । प्रतियोगितमा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने क्लबले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...

भर्खरै