नेभिगेशन
समाज

रास्वपाले भन्यो- मन्त्रालयमा अनावश्यक भेटघाट नगर्नू, बधाईका नाममा भड्किलो गतिविधि नगर्नू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिने नाममा भड्किलो गतिविधि नगर्न र मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। 

रास्वपा अनुशासन आयोगले आज विज्ञप्ति गरी सरकार गठनपछि पार्टीका नेता तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाट सहित खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने जस्ता काम भइरहेको भन्दै यस्ता अनावश्यक कार्य नगरिदिन निर्देशन दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगको निर्देशनमा भनिएको छ- ‘राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार गठन भएको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाट सहित खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने जस्ता अनावश्यक कार्य भए गरेकोमा यस्ता कार्यहरू पार्टी अनुशासन विपरीत र भड्किलो देखिएकोले केन्द्रीय अनुशासन आयोगको ध्यानाकर्षण भएको छ ।’

Ncell
Extreme Energy

नागरिक सेवा प्रवाहको परिणाममूखी कार्यसम्पादन गर्नुपर्ने आजको बहुमुल्य समय रहेको यथार्थलाई मध्यनजर गर्दै, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन अनावश्यक रूपमा मन्त्रालयमा भेटघाट, जमघट तथा भीडभाड गर्ने जस्ता कार्यहरू नगरिदिन पनि आयोगले आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले भनेको छ, ‘सरकारको कार्यसम्पादनमा बिलम्ब गराउने, कार्य सम्पादनको प्राथमिकता र गुणस्तरलाई असर पुर्याउने तथा सरकारको समग्र कार्य प्रणालीमा नै गम्भीर असर पुर्याई नागरिकको अपेक्षा अनुसारका द्रुत सेवा प्रवाहमा कठिनाई उत्पन्न हुनसक्ने देखिएकोले तत्सम्बन्धी कार्य नगर्न नगराउनुहुन सम्पूर्ण पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई सख्त निर्देशन जारी गरिएको छ।’

यस्तो छ- रास्वपाको निर्देशन rsp1-1774869716.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

“दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक  ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।

भर्खरै