नेभिगेशन
समाज

कृषि औजारसहित किसानले गरे प्रदर्शन, बाँदरले पीडादिएको गुनासो

काठमाडौँ । खोटाङका बाँदरपीडित किसानले सोमबार कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन् ।

बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न सरकारसमक्ष माग गर्दै किसानहरुले हलो, जुवा, दाँते र कोदालोसहित आज प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पूरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्चाउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परिवार नियोजनको व्यवस्था गर्न किसानले माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कँडेलले सम्बन्धित निकायमा ज्ञापनपत्र पुर्याएर सहयोग गर्ने प्रतिबद्धता जनाए।

Ncell
Extreme Energy

विसं २०७५ को फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्याउने योजनासहित भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवर शिकारी झिकाएर दर्जनौँ बाँदर समातिएको थियो । यद्यपि, नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजानअगावै समातेर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी जटिलता आइपरेको थियो ।

नेपालमा बाँदर मार्न कानुनी अड्चन भएकाले उचित व्यवस्थापन गर्न पहल थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने