नेभिगेशन
समाज

सुदूरपश्चिमका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री बालेन शाहले के भने ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । उनले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएको डोटीका सांसद भरत खड्काले जानकारी दिए । 

“प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो”, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताए ।
 
“सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ”, सांसद खड्काले भने ।
 
सांसदहरुले प्रस्तुत गरेका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएको उनले बताए । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गरेका थिए ।
 
प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका सांसदहरुसँग छलफल गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sudurpashchim-samsad-1774953033.jpg
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
ब्रोड पिक हिमाल चढ्नुअघि 'निम्स दाइ'ले पूर्वाधार मन्त्री सुनिल लम्साललाई सुनाएको आफ्नो त्यो सपना

ब्रोड पिक हिमाल चढ्नुअघि 'निम्स दाइ'ले पूर्वाधार मन्त्री सुनिल लम्साललाई सुनाएको आफ्नो त्यो सपना

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेर निधन भएका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जालाई पूर्वाधारमन्त्री सुनिल लम्सालले उनको सपनासँग जोडेर सम्झिएका छन् ।