नेभिगेशन
समाज

सरकारी विज्ञापनसम्बन्धी परिपत्रले निजी सञ्चार माध्यम तरंगित

काठमाडौँ । सरकारले सरकारी विज्ञापन तथा सूचनाहरु अनिवार्य रुपमा सरकारी सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण गर्नुपर्ने भन्दै परिपत्र जारी गरेपछि देशभरका निजी सञ्चार माध्यम तरंगित भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बुधबार परिपत्र जारी गर्दै सबै प्रकारका सरकारी सूचना र विज्ञापनहरू अबदेखि अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिपत्रमा सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशनमा एकरूपता र पारदर्शिता ल्याउन र सरकारी सञ्चार माध्यमलाई प्रवद्र्धन गर्न यो कदम चालिएको उल्लेख गरिएको छ । परिपत्रमा भनिएको छ– ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै सरकारी कोष प्रयोग गर्ने सबै सार्वजनिक निकायहरूले सार्वजनिक खरिद लगायतका सूचनाहरू अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ।’

Ncell
Extreme Energy

त्यसैगरी, विज्ञापन वा सूचना प्रकाशनवापतको रकम भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित सरकारी सञ्चार माध्यमको खातामा मात्र जम्मा गर्नुपर्ने र भुक्तानी गर्दा लाग्ने दर र छुटको विषय सम्बन्धित सरकारी सञ्चार माध्यमले आधिकारिक रूपमा स्वीकृत गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।

यो परिपत्र सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ७५३ वटै स्थानीय तहलाई पठाइएको छ ।

सरकारको मातहतमा हाल नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राइजिङ नेपाल र रासस लगायत सञ्चारमाध्यम छन् । यो परिपत्र अनुसार अब सबै सरकारी निकायले आफ्ना विज्ञापन तिनै सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्नुपर्ने हुन्छ ।

सरकारको यो निर्णयले निजी क्षेत्रका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरूले पाउँदै आएको सरकारी विज्ञापनको स्रोत बन्द हुने र त्यसले समग्र नेपालको सञ्चार क्षेत्रमा असर पर्ने भन्दै निजी क्षेत्रका सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरुले सरकारको निर्णयको आलोचना गरेका छन् । कतिपयले त साना लगानीमा सञ्चालित सञ्चारमाध्यम बन्द हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...