नेभिगेशन
समाज

भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवारः मुख्य सचिव अर्याल

काठमाडौँ। मुख्य सचिव सुमन अर्यालले कुनै पनि सरकारी कार्यालयमा भ्रष्टाचार भए त्यसको प्रारम्भिक जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको हुने भन्दै भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सबै सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मुख्य सचिव अर्यालले आज सबै मन्त्रालयका सचिव, आयोग तथा कार्यालय प्रमुखहरुका नाममा परिपत्र जारी गर्दै भ्रष्टाचार नियन्त्रण्मा लाग्न निर्देशन दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्य सचिव अर्यालले परिपत्रमा भनेका छन्– यहाँका मन्त्रालयरआयोगरकार्यालय र अन्तर्गतका निकायमा हुने सबै मोलमोलाइ, भ्रष्टाचार र अनियमितताको घटनाको सूक्ष्म निगरानी राख्ने, छड्के जाँच गर्नेरगराउने र भ्रष्टाचार सम्बन्धी कुनै जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायमा लेखी पठाउनु हुन समेत अनुरोध छ। सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकायरकार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकोले सोही बमोजिम गर्न गराउन व्यवस्था मिलाउन समेत अनुरोध छ।

Ncell
Extreme Energy

उनले देशमा भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने मूलभूत माग राखी गत २०८२ भाद्र २३ र २४ गते जेन(जी युवाहरूको अगुवाइमा जनआन्दोलन भएको र सोही पृष्ठभूमिमा २०८२ फागुन १९ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई हाल गठन भएको सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागत लगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

अर्यालले सेवा प्रवाहमा पनि ध्यान दिन निर्देशन दिएका छन् । उनले भनेका छन्– ‘सरकारी कार्यालय र कर्मचारीलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाइ जनविश्वास आर्जन गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा असहायलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिने, सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने, कर्मचारीले तत्परता, पारदर्शिता, तथा कानुनमा उल्लेखित नैतिक एवं अनुशासनका विषय लगायतका आचारसंहिताको कडाइका साथ परिपालना गर्नेरगराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको हुँदा सबै मन्त्रालयरआयोगरकार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवं आचरणगत पक्षमा सुधार गरी समग्रमा सुशासनको प्रत्याभूति गराउने व्यवस्था गर्न अनुरोध छ।’

मुख्य सचिव अर्यालले परिपत्रबारे प्रधानमन्त्री बालेन शाहलाई पनि अवगत गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले अंगालेको 'सोसल डेमोक्रेसी' विचारधारा के हो? यो अरु दलभन्दा कति फरक?

रास्वपाले अंगालेको 'सोसल डेमोक्रेसी' विचारधारा के हो? यो अरु दलभन्दा कति फरक?

राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक लोकतन्त्र अर्थात सोसल डेमोक्रेसीलाई आफ्नो मूल राजनीतिक सिद्धान्तको रुपमा अंगीकार गरेको छ ।
मेसीले बनाए लगातार सात खेलमा गोल गर्ने कीर्तिमान

मेसीले बनाए लगातार सात खेलमा गोल गर्ने कीर्तिमान

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा लगातार सात खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । आइतबार बिहान अमेरिकामा भएको समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले हरायो...
मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

गुरुङ मन्त्रीका रुपमा लावालस्कर लिएर भन्दा पनि सर्वसाधारणको भेषमा सामान्य तरिकाले सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ । बैठकले बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची छ ।