नेभिगेशन
समाज

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

काठमाडौँ । गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।

खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा उक्त शिविर  सञ्चालन गरिएको थियो । क्लबका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा एक सय ३८ जनाले ‘भिडियो एक्सरे’ तथा एक सय पाँच जनाले ‘इसिजी’ गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, पेट, छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा तथा नाक, कान, घाँटीसम्बन्धी रोगको विशेषज्ञ सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा चिकित्सकहरू डा रमेश अर्याल, डा सुनिल सुनार, डा सुमन आचार्य, डा सन्तोष बस्नेत, डा विजय पाण्डे, डा आशिष भुर्तेल र डा सन्तोष पाण्डेलगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै बिरामीलाई परामर्श दिएका थिए।

Ncell
Extreme Energy

आयोजक संस्थाका सल्लाहकार मनोज कार्कीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले स्थानीयवासीलाई ठूलो राहत पुगेको बताए ।उनले भने,  “गाउँमै आएर विशेषज्ञ सेवा लिन पाउँदा बिरामीलाई समय र खर्च दुवै बचत भएको छ, यसबाट स्थानीय पनि निकै खुसी हुनुभयो” ।

शिविरमा सेवा लिनुभएकी स्थानीय महिला पुतली कार्कीले गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए । “बिरामी हुँदा सामान्य जाँच गर्न पनि सदरमुकाम जानुपथ्र्यो, आज गाउँमै सबै सेवा लिन पाइयो, यस्ता प्रकारका शिविर बेलाबेलामा ल्याउनुपर्छ”, उनले भने।

पछिल्लो समयमा जिल्लामा स्थानीय पालिका र सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता प्रकारका शिविरलाई निरन्तरता दिँदै जान थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।