नेभिगेशन
समाज

डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सर्वसम्मत सभामुख

काठमाडौँ। रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्। 

आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको थियो । बैठक सुरु हुनासाथ जेष्ठ सदस्य केसीले अर्यालका प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिएका थिए। 

Ncell
Extreme Energy

 लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे। लामिछानले अर्याललाई सर्वसम्मत गर्न अन्य राजनीतिक दलबाट सहयोग भएको भन्दै धन्यवाद दिए। 

त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालसहितले लामिछानेको प्रस्तावको समर्थन गरे। 

त्यसक्रममा वाग्लेले डीपी अर्याल सभामुखका लागि उपयुक्त पात्र भएको बताए। उनले सभामुखमा निर्विरोध निर्वाचित हुन सहयोग गरेको भन्दै अन्य दललाई बधाई दिए। 

अर्यालले यसअघिको संसदमा पनि सांसद र मन्त्रीसमेत बनेर आफ्नो क्षमता देखाइसकेको भन्दै अर्याल अनुभवी भएको बताए। ‘उहाँले संसद्को अभिभावक भएर जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने। 

विगतमा सभापति र पार्टीमाथि प्रहार हुँदा अर्याल र आफूले उससभापतिको रुपमा पार्टीलाई हाँकेको स्मरण गरे। मध्यम वर्गीय संघर्षबाट ओलप्रोत भएको जीवन गाथा अर्यालमा रहेको उनले बताए। 

‘तटस्थतामा खरो सावित हुने विश्वास मैले लिएको छु,’ वाग्लेले भने, ‘कुनै दलीय आवद्धता नराखी त्याग गरेर जिम्मेवारी लिनुपर्ने पद हो यो, त्यसमा डीपी अर्याल खरो सावित हुने विश्वास हामीलाई छ।’

कानुनमन्त्री गौतमले अबको संसद् समस्या समाधान उन्मुख हुनुपर्ने बताइन्। ‘अब बहस र भाषणले मात्र नहुने भन्दै बहसहरु जनउत्तरदायी भएर गरिनुपर्छ,’ उनले भनिन्। 

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ । आगामी बैठकको अध्यक्षता नवनिर्वाचित सभामुख अर्यालले गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।