नेभिगेशन
समाज

सौर्य सिमेन्ट उद्योगका पीडितले बुझाए प्रशासनलाई ध्यानाकर्षण-पत्र, माग पुरा नभए आन्दोलन गर्ने

उदयपुर । उदयपुरस्थित सौर्य सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत स्थानीयले प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण गराइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कटारी-८, गाल्टार स्थित सञ्चालनमा रहेको सौर्य सिमेन्ट उद्योग प्रा.लि.सँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले प्रशासन मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

Ncell
Extreme Energy

खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले इलाका प्रशासन कार्यालय कटारीमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै प्रधानमन्त्री कार्यालयलाई समेत ध्यानाकर्षण गराएका हुन्। 

उद्योगले पटक–पटक गरेको प्रतिबद्धता पूरा नगरेको स्थानीयको गुनासो रहेको छ। कटारी ८ का स्थानीय कारण कर्ण बहादुर मगरका अनुसार उद्योगले स्थानीयको जग्गा खरिद, उचित व्यवस्थापन तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमति जनाएको भए पनि तीन वर्ष बितिसक्दा समेत कार्यान्वयन नगरेको बताए ।

स्थानीयले उद्योगसँग भएका प्रमुख सम्झौताहरूमा जग्गा खरिद गर्ने, उचित मुआब्जा दिने, कच्चापदार्थ ढुवानीमा हुने अव्यवस्था नियन्त्रण गर्ने, वातावरणीय तथा सामाजिक प्रभाव न्यूनीकरण गर्ने र रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने विषय उल्लेख भए पनि सम्झौता कार्यान्वयन नगरेको स्थानीय राम कुमार घले मगरले सीधा कुरा लाई बताए।

ध्यानाकर्षण पत्रमार्फत स्थानीयले तत्काल सबै सम्झौताहरू कार्यान्वयन गर्न, जग्गा विवाद समाधान गरी उचित मुआब्जा दिन, उद्योगको प्रतिबद्धताको अनुगमन तथा मूल्याङ्कन गर्न र खानी प्रभावित स्थानीयलाई आइपिओ शेयरमा प्राथमिकता दिन माग गरेका छन्। 

हाल उद्योगले गाल्टारमा रहेको सौर्य सिमेन्ट खानीबाट दैनिक रूपमा ५ सय बढी टिपरले चुनढुङ्गा बोकेर सिराहाको मिर्चैयामा रहेको उद्योगमा पुराउने गरेको छ । खानि प्रभावित क्षेत्रका स्थानीयको माग उद्योगले सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

saurya-ciment-udhog-pidit-letter-1775381176.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।