नेभिगेशन
समाज

रास्वपा सभापति लामिछानेले सभामुख अर्याललाई दिए बधाई

संसदीय अभ्यासलाई सुदृढ गर्नेमा ढुक्क छुः लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

सभापति लामिछानेले आज एक विज्ञप्ति जारी गर्दै अर्यालको कार्यकालमा संसदीय अभ्यास थप सुदृढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले नवनिर्वाचित सभामुखले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनेका छन्–‘सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु।’

Ncell
Extreme Energy

त्यस्तै, अर्याललाई निर्विरोध सभामुख चयन गर्न सहयोग पु¥याउने सबै राजनीतिक तथा सांसदहरुलाई सभापति लामिछानेले धन्यवाद दिएका छन् ।

‘सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो।’ लामिछानेले भनेका छन्– ‘यस ऐतिहासिक अवसरमा, सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।