नेभिगेशन
समाज

संसदमा सभामुख अर्यालको पहिलो सम्बोधन-  ‘संख्याका आधारमा भेदभाव हुँदैन, हुने छैन’

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सदनमा संख्याका आधारमा कुनै भेदभाव नहुने र हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले सदनमा दलगत र संख्यागत आधारमा कुनै भेदभाव नहुने स्पष्ट पारेका हुन् । उनले भने– संख्याका आधारमा भेदभाव हुँदैन, हुने पनि छैन । उनले थपे– ‘दलगत आधारमा भेदभाव हुने छैन । सभामुख पदको गरिमा उच्च बनाउन भूमिका निर्वाह गर्नेछु ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख अर्यालले संसदलाई नीतिगत बहसको साझा थलो बनाउनु हाम्रो दायित्व हो भन्दै सभामुखको निष्पक्ष र तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Ncell
Extreme Energy

उनले संसदको बैठकलाई सहज र प्रभावकारी बनाउन सांसदहरुको सुझाबको अपेक्षा गर्दै यसक्रममा आइपर्ने समस्या समाधान गर्न निष्पक्ष भूमिका निर्वाह गर्ने पनि बताए । उनले सबै राजनीतिक दलबाट रचनात्मक सहयोगका लागि आग्रह पनि गरे ।

उनले नयाँ सरकार, प्रधानमन्त्री र मन्त्रीहरुको सफल कार्यकालको कामना गर्दै जेनजी आन्दोलन र त्यसअघिका लोकतान्त्रिक आन्दोलनको मर्म र बलिदानीलाई उच्च महत्व दिन सबैलाई आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।