नेभिगेशन
समाज

सर्वोच्चमा ओली–लेखक बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश आउँदै

काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहस सकिएको छ । 

दुबै रिटमा बहस सकिएपछि आजै केहि बेरमा आदेश आउने सम्भावना छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा भएको थियो भने कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको थियो । 

Ncell
Extreme Energy

ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकका तर्फबाट पत्नी यशोदा लेखकले छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट निवेदन पेस गरेका थिए ।

गत भदौ २३ र २४ गते भएको घटनामा गरिएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक १४ चैतमा पक्राउ परेका थिए । 

आइतबारबाट सुनुवाइ शुरू भएकोमा आज सरकार पक्षले बहस गरेको थियो । त्यसपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप विकास तालिम प्रदान गरी रोजगारीमा आबद्ध गर्ने तयारी गरिएको छ ।
सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’लाई पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउन सबै पालिकामा तत्काल अभियान सुरु गर्न निर्देशन दिएका छन् ।
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ...

भर्खरै