नेभिगेशन
मुख्य समाचार

रुपन्देहीमा लागुऔषध नियन्त्रणमा लिन प्रहरीले चलायो गोली-तीन जना पक्राउ, एक घाइते

काठमाडौँ । लागुऔषध नियन्त्रणका क्रममा रुपन्देहीमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन्। उनको बायाँ खुट्टामा गोली लागेको छ । गोली लागेर घाइते भएका यादवको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेट भएको यूपी५६एफ ९९०१ मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि गोली चलाएको थियो ।

Ncell
Extreme Energy

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विशाल यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई चेकजाँच गर्दा लागुऔषध फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको डीएसपी चन्दले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
पार्टी पुनर्गठनबारे रामकुमारी र उषाकिरणको चल्यो सवालजवाफ

पार्टी पुनर्गठनबारे रामकुमारी र उषाकिरणको चल्यो सवालजवाफ

ओली आफ्नो पुरानो समूहलाई मनाउने कोसिसमा छन् । एमालेका कार्यकर्ता पुनर्गठनबारे विचार–विमर्श गरिरहेका छन् ।
गरिमा चौधरीको न्यायको कानुनमन्त्री गौतमको पहल, पीडितका बाबुले भने 'अरू धेरै छोरीहरू जोगिऊन्'

गरिमा चौधरीको न्यायको कानुनमन्त्री गौतमको पहल, पीडितका बाबुले भने 'अरू धेरै छोरीहरू जोगिऊन्'

बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पहल कदमी लिएकी छिन् ।

भर्खरै