नेभिगेशन
समाज

पार्टी पुनर्गठनबारे रामकुमारी र उषाकिरणको चल्यो सवालजवाफ

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठनको प्रश्न निकै पेचिलो बनेको छ ।

केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने र बाँकी संरचना र शैलीलाई यथावत राख्ने हो भने पुनर्गठन भन्न मिल्ने कि नमिल्ने भन्दै प्रश्न गरेकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यदि पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले भनेकी छन् ।

Ncell
Extreme Energy

जेनजी आन्दोलनअघि गत भदौ २० देखि २२ गतेसम्म भएको विधान महाधिवेशन आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन भनेर प्रश्न गरेकी छन् ।
‘अझ रोचक कुरा के छ भने जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि नै एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन ?,’ उनको प्रश्न छ ।

12-1787460785.png
 

यसको केन्द्रीय सल्लाहकार परिषद् सदस्य उषाकिरण तिम्सेनाले जवाफ दिएकी छन् ।

‘दिदीसँग सवाल गर्न मन त थिएन । र अध्यक्षले यो परिस्थितिमा पनि जवाफदेही हुन नपर्ने हो भने सुधारिएको पञ्चायत ठिक थियो । र आन्तरिक लोकतन्त्रको हुर्मत कसरी लिइएको थियो ? यहाँलाई जानकारी छैन भने म हजुरलाई भेटेरै भन्छु,’ तिम्सेनाको जवाफ छ ।
गत फागुन २१ को निर्वाचनपछि एमालेभित्र पुनर्गठनको प्रश्न सघन बनेको छ । संस्थापन समूहबाटै अध्यक्ष ओलीको विकल्प खोजिएपछि अहिले बहस बाक्लिएको छ ।

ओली आफ्नो पुरानो समूहलाई मनाउने कोसिसमा छन् । एमालेका कार्यकर्ता पुनर्गठनबारे विचार–विमर्श गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...