नेभिगेशन
नेताका कुरा

गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले बाराको जितपुर सिमराकी  तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको दायित्वबोधको प्रशंसा गरेकी छिन् । 

यो घटनाले समाज नै आक्रोशित र विभाजित भइरहेका बेला गृहमन्त्री गुरुङले राज्य छ है भनेर अनुभूति दिलाएको भनाइ धितालको छ । 'यो घटनाले हरेक संवेदनशील मन स्तब्ध  र आक्रोशित बनेको छ । एउटा अबोध बालिकामाथि भएको यस्तो अपराधले परिवारलाई मात्रै होइन, सिंगो समाजको विवेकलाई प्रश्न गरिरहेको हुन्छ,' उनले फेसबुकमा लेखेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नीति निर्माण गर्ने स्थानमा हुँदाहुँदै पनि यो घटनापछि धेरै दिनसम्म आफूलाई असहाय महसुस गरेको उनले उल्लेख गरेकी छिन् ।  खासमा यस्तो पीडा शब्दले व्यक्त गर्न पनि नसकिने उनको धारणा छ ।

Ncell
Extreme Energy

'यस कठिन घडीमा गृहमन्त्रीज्यूले देखाउनुभएको दायित्वबोध, संवेदनशीलता र तदारुकताले मनलाई केही हलुका बनाएको छ । पीडित परिवारलाई ‘राज्य छ है, तपाईंहरू एक्लै हुनुहुन्न’ भन्ने अनुभूति दिलाउनु भएकोमा हृदयदेखि धन्यवाद,' उनले लेखेकी छिन् । 

सचेतक धितालले अब यो घटना एउटा समाचार बनेर हराउन नहुनेमा जोड दिएकी छिन् । कानुनी सुधार र सामाजिक चेतका लागि यो घटना रेकर्डमा रहनुपर्ने उनको भनाइ छ ।  'यो हाम्रो नीति, हाम्रो प्रणाली र हाम्रो सामूहिक चेतनामा निरन्तर झकझक्याइरहने  स्थायी प्रश्न बनेर रहनुपर्छ,' उनले भनेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...