नेभिगेशन
समाज

प्रचलित कानुन बमोजिम न्यूनतम पारिश्रमिकको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुनी व्यवस्था हुने व्यहोरा जानकारी गराँउदै उक्त कानुनको स्वतःस्फूर्त परिपालना गर्न पनि सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकार भएकाहरूलाई आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) मा तालिमीको रूपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बिमालगायत सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।

Ncell
Extreme Energy

मन्त्रालयले भनेको छ, “यस मन्त्रालयमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मी/नर्सिङ्ग स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, साथै अन्य विभिन्न प्रतिष्ठानमा कार्यरत व्यक्तिबाट तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा नपाएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएका छन, यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।