नेभिगेशन
समाज

मापदण्ड विपरीत उत्खननको गुनासो बढेपछि रोशी  खोला निरीक्षणमा जाँदै गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङ रोशी–कलाँती क्षेत्र जाँदैछन्। उनी मंगलबार १० बजे काभ्रेको पनौती नगरपालिकाभित्र पर्ने रोशी क्षेत्र जान लागेका हुन्।

२०८१ असोज १० देखि १२ गतेसम्मको भेलबाढीले रोशी–कलाँती क्षेत्र तहसनहस पारेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मापदण्डविपरीतका ढुंगा खानी, क्रसर उद्योगका कारण त्यस क्षेत्र प्रभावित बनेको गुनासो आएपछि उनी त्यता जान लागेका हुन्।
‘गृहमन्त्री सुधन गुरूङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने कार्यक्रम रहेको छ।

Ncell
Extreme Energy

वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उहाँले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लाग्नुभएको हो,’ गृहमन्त्रीको सचिलवालयले जानकारी दिएको छ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने सचिवालयले बताएको छ। 

‘बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने कार्यक्रम छ,’ उनको सचिवालयले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।