नेभिगेशन
समाज

यस्ता छन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय (सूचिसहित)

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकरण भट्टलाई नियुक्त गर्नेदेखि पेट्रेलियम पदार्थमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने सहितका निर्णय गरेको छ ।

बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रिपरिषद्‍ले गरेका निर्णय जानकारी गराइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय
१ वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहलियतपूर्ण ऋण स्वीकार गर्ने।
२ पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको पूर्वाधार विकास करमा ५०५ छुट प्रदान गर्ने।
३ पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी -३ मा स्थानान्तरण गरी सो भवनमा जल तथा ऊर्जा आयोगको सचिवालयको कार्यालय स्थानान्तरण गर्ने ।

Ncell
Extreme Energy


४ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्री श्रीमणकुमार गौतम र सदस्य श्री ललिता कुमारी महर्जन एवं श्री ध्रुव आचार्यको राजीनामा स्वीकृत ।
५ नागढुंगा सुरुडमार्गको पश्चिम खण्ड क्षेत्रमा पर्ने धुनिवेसी नगरपालिका वडा नं ९ मा रहेको करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने।
६ पासाङल्हामु राजमार्गको बेत्रावती-धुन्चे-स्याफ्रुवेशी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगया गाउँपालिका वडा नं ५ मा रहेको करिब २ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने।


७ काठमाडौं-तराई/मघेस द्रुतमार्ग सडक आयोजना निर्माणको लागि काठमार्डौं, ललितपुर र मकवानपुरमा रहेको राष्ट्रिय वन क्षेत्रको कूल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त वन क्षेत्रमा रहेका विभिन्न प्रजातीका १८९८ गोटा रुख/पोल हटाउन स्वीकृति दिने।
८ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट, डोटीलाई नियुक्त गर्ने।
९ नेपाल राष्ट्र बैंकको रिक्त दुई डिपुटी गभर्नर पदमध्ये एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री किरण पण्डितलाई नियुक्त गर्ने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

प्रधानमन्त्रीलाई पहिलो पटक ‘ब्रिफिङ’का लागि शीतलनिवास डाकेका राष्ट्रपति पौडेलले सुरुमै यस्तो प्रश्न गर्लान् भनेर सायद बालेनले पनि सोचेका थिएनन् । स्रोतका अनुसार, राष्ट्रपतिले सुरुमै यो प्रश्न सोधेपछि प्रधानमन्त्री...
सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप विकास तालिम प्रदान गरी रोजगारीमा आबद्ध गर्ने तयारी गरिएको छ ।
सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’लाई पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउन सबै पालिकामा तत्काल अभियान सुरु गर्न निर्देशन दिएका छन् ।