नेभिगेशन
समाज

भारतमा ९ जना प्रहरीलाई मृत्युदण्डको सजाय, यस्तो छ अपराध

भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी ठहर गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ । 

Ncell
Extreme Energy

मिडिया रिपोर्टका अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड–१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो ।

उनीहरुको हत्या पछि तमिलनाडु सरकारले मुद्दा सीबीआईमा हस्तान्तरण गरेको थियो भने सीबीआईले ९० दिनभित्र नौ अधिकारी विरुद्ध आरोपको अनुसन्धान गरेको जनाइएको छ । 

सुनुवाइका क्रममा, सीबीआईले ५० जनाभन्दा बढी साक्षीको जाँच गरेको उल्लेख गर्दै घटनाले जन–भावनामा खेलबाड गरेको भन्दै कडा सजायको सुनिश्चित गरेको तर्क दिएको छ ।

हत्यामा संलग्न नौ जना अभियुक्तलाई हत्या र प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ ।

भारतमा पछिल्लो पटक बसमा एक महिलाको सामूहिक बलात्कार र हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।