नेभिगेशन
समाज

एउटा विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन पाइने, अग्रिम शुल्क तत्काल फिर्ता गर्नुपर्ने

काठमाडौँ । एउटा विद्यालयमा एक पटक भर्ना भएपछि पटक–पटक भर्ना शुल्क असुल गर्न नपाइने भएको छ । निजी विद्यालयहरुले प्रत्येक वर्ष भर्ना तथा वार्षिक शुल्क भन्दै विद्यार्थीबाट शुल्क लिदै आएका छन् । त्यस्तो अवस्थाबारे अनुगमन गरी आवश्यक परे कारवाही गर्नका पत्राचार गरिदिन शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । 

शिक्षा मन्त्रालयले केहि विद्यालयहरुले शैक्षिक सत्र शुरु नहुदै विद्यार्थी भर्ना गरेको र विद्यार्थी भर्ना बापत अग्रिम शुल्क असुल गरेको भनि विभिन्न माध्यमबाट आएका सूचना एंवं गुनासोहरु प्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले विद्यार्थीहरुबाट अग्रिम शुल्क असुल गरिएको साथै स्वीकृत भएको भन्दा बढि शुल्क लिइएको, तोकिएको शीर्षकमा भन्दा फरक शीर्षकमा शुल्क लिइएको, एउटै विद्यालयमा एक पटक भर्ना भए पश्चात पनि पटक पटक भर्ना शुल्क लिइएको आदि जस्ता गुनासो आएको जनाएको छ । 

Ncell
Extreme Energy

शिक्षा नियमावली २०५९ को परिच्छेद १५ मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन हुदैन भन्ने व्यवस्था छ । 

सर्वोच्च अदालतबाट फैसला भए बमोजिम शैक्षिक सत्र शुरु नहुदै भर्ना नगर्ने, नियमविपरीत शुल्क नलिने, कानुनी प्रावधान भन्दा बाहेक हुने गरी अग्रिम शुल्क लिएको भए तत्काल फिर्ता गराउन साथै सो अनुसार भए नभएको अनुगमन गरी नभएको भए सम्बन्धित विद्यालयलाई आवश्यक कार्वाही गर्ने व्यवस्थाका लागि सम्पुर्ण स्थानीय तहहरुलाई पत्राचार गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।