नेभिगेशन
समाज

कूटनीतिमा थिति बसाल्दै बालेन: विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलो पटक आज विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार आज मध्याह्न १२ बजे पछि हुने कार्यक्रममा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ ।

Ncell
Extreme Energy

कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । त्यसबाहेक अन्य औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

उक्त कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रोटोकल प्रमुख कुमार राई तथा सार्वजनिक कूटनीति महाशाखा प्रमुख एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीलगायत उच्च अधिकारीहरूको उपस्थिति रहनेछ ।
बालेन नेतृत्वमा सरकारका बनेपछि कूटनीतिक भेटघाटका लागि आएका प्रस्तावहरूलाई प्रधानमन्त्रीले सामूहिकरुपमा सम्बोधन गर्ने तयारी गरेका हुन् । 

प्रधानमन्त्री बालेनले कूटनीतिज्ञ तथा दातृ निकायका प्रमुखहरूसँग व्यक्तिगतरुपमा नभेटी सामुहिक भेटघाटका लागि बोलाएका हुन् । 

बालेनले एक्लाएक्लै भेट्दा फरक सन्देश जान सक्ने भएकाले थिति बसाल्नका लागि पनि पहिलो भेट सामूहिकरुपमा गर्न खोजेको बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।