नेभिगेशन
समाज

इजरायलमा आपतकालिन अवस्थामा सम्पर्क गर्न नेपाली दुतावासले सार्वजनिक गर्यो यी सम्पर्क नम्बर

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ ।

‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले आपतकालीन अवस्थामा सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न भनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दूतावासले सार्वजनिक गरेअनुसार द्वितीय सचिव कुमार बहादुर श्रेष्ठको सम्पर्क नम्बर ९७२–५३५३६०७४८ र तृती सचिव सचिव सञ्ज कुमार शाहको सम्पर्क नम्बर ‌‍९७२–५४५५८२०७७ हो ।

Ncell
Extreme Energy

होम फ्रन्ट कमाण्ड लगायत इजरायल सरकार एवम् इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ ।

साथै अलर्ट एसमएस आएमा तथा खतराको संकेत स्वरुप साइरन बजेमा हेलचेक्र्याइँ नगरी आफू नजिकैको बम सेल्टरमा अनिवार्य रुपमा जान भनिएको छ ।

आफ्ना राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्ड लगायतका कागजात आफ्नो साथमै राख्न र विकसित घटनाक्रमको बारेमा नियमित रुपमा अद्यावधिक जानकारी राख्न पनि इजरायलमा रहेका नेपालीहरुलाई भनिएको छ ।

सामाजिक सन्जालमा देखिएका युद्धसम्बन्धी भिडियोहरु अनावश्यक रुपमा सेयर नगर्न, साथीभाइ, परिवार र आफन्तसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले भनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।