नेभिगेशन
समाज

प्रधानमन्त्री शाहसँग नेपालस्थित १५ देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूकाे सामूहिक भेट

​काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन् । 

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूतरनियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

​राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनीहरुले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरे ।

Ncell
Extreme Energy

​प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए । 

​उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए । 

​प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरे ।

​सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

समितिले आज विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रुपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको छ। निस्सा...
कोशीका मुख्यमन्त्री कार्की र पार्टी अध्यक्ष खतिवडालाई काठमाडौँ आउन ओलीको निर्देशन

कोशीका मुख्यमन्त्री कार्की र पार्टी अध्यक्ष खतिवडालाई काठमाडौँ आउन ओलीको निर्देशन

कार्कीलाई हटाएर ताप्लेजुङका प्रदेश सांसद  तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन खोजेका अध्यक्ष ओलीले विराटनगरमा कुनै प्रगति नभएपछि कार्की र खतिवडालाई काठमाडौँ डाकेका हुन् ।
राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

प्रधानमन्त्रीलाई पहिलो पटक ‘ब्रिफिङ’का लागि शीतलनिवास डाकेका राष्ट्रपति पौडेलले सुरुमै यस्तो प्रश्न गर्लान् भनेर सायद बालेनले पनि सोचेका थिएनन् । स्रोतका अनुसार, राष्ट्रपतिले सुरुमै यो प्रश्न सोधेपछि प्रधानमन्त्री...

भर्खरै