नेभिगेशन
मुख्य समाचार

कञ्चनपुर कारागारमा झडप, पाँच जना घाइते

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका छन् ।

कारागारभित्र कैदीबन्दीहरुबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी, झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई समेत घाइते भएका छन् । अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक थापाले बताए । झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...