नेभिगेशन
समाज

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री पदको शपथ लिएका आफ्ना तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलका नेताको निजी लेटरप्याड प्रयोग गरी बागमती प्रदेश सरकारलाई पार्टीको तर्फबाट समर्थन दिएको भन्दै प्रदेश सभा सदस्य उद्धव थापाको पार्टी सदस्यता निलम्बन गर्ने र प्रदेश सभा सदस्य पदबाट समेत पदमुक्त गर्ने निर्णय गरेको थियो । 

Ncell
Extreme Energy

उक्त निर्णय र विषयबारे जानकारी हुँदाहुँदै पार्टीको निर्णय तथा निर्देशनविपरीत तीन सांसदले बागमती प्रदेश सरकारमा मन्त्री पदको शपथ लिएको राप्रपाको आरोप छ । 

सोही विषयलाई लिएर उनीहरूमाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइएको प्रवक्ता श्रेष्ठले बताएका छन् । राप्रपाले स्पष्टीकरणपछि आवश्यक निर्णय लिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...