नेभिगेशन
समाज
सिधाकुरा फलाेअप:

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी संरचना निर्माण, डिभिजन वन र नगरपालिका अनभिज्ञ' र्शिषकमा समाचार प्रकाशन भएको थियो ।  

समाचार प्रकाशनपछि डिभिजन वन कार्यालयले  सुनवल सब डिभिजन वन कार्यालय रमवापुरलाई पत्र काटेर आवश्यक कारवाहिका लागि निर्देशन दिएको थियो । सुनवल सब डिभिजन वन कार्यालयले स्थलगत रिपोर्टको आधारमा निर्क्यौल गरि निमार्णाधिन भवनको कार्य तुरुन्त रोक्न, हालसम्म निर्माण भएको संरचना भत्काई निर्माण सामग्रीसमेत हटाउन  उद्योग बाणिज्य संघ सुनवललाई निर्देशन दिएको हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनवल सब डिभिजन वन कार्यालयले काटेको चलानी नं.८० को भाद्र ३ गतेको पत्रानुसार पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ सोननाथ हाट बजार लगाउने स्थानमा अनधिकृत रूपमा पक्की भवन निर्माण भइरहेको भन्दै सुनवल सव–डिभिजन वन कार्यालयले निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको थियो।

Ncell
Extreme Energy

पत्रानुसार यदि उद्योग बाणिज्य सघ सुनवलले पत्र पाए पश्चात आलटाल गरि ढिला सुस्ती गरेमा बन ऐन २०७६ अनुसार कार्यवाही हुने व्यवहोरा समेत जानकारी गराएको छ । 

4-1787321542.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ।
पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

मागेर जीविकोपार्जन गर्ने पुख्र्यौली पेसा छाडेको वर्षौं बितिसक्यो। तर बाँकेको माहुत समुदायको जीवनमा अभाव र सङ्कट भने घटेको छैन।
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।