नेभिगेशन
समाज

मन्त्री रावलको कार्यक्रममा अब फूलमाला, खादा र बुके निषेध, ९ बुँदे निर्देशिका जारी

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सहभागी हुने सरकारी कार्यक्रमलाई सादगीपूर्ण, मितव्ययी र परिणाममुखी बनाउन मन्त्रालयले नौबुँदे विशेष निर्देशिका जारी गरेको छ।

निर्देशिकाले मन्त्री रावलको स्वागतमा फूलमाला, खादा, बुके, दोसल्लालगायतका सम्मान सामग्री प्रयोग गर्न रोक लगाएको छ । त्यस्तै, मन्त्रीलाई व्यक्तिगत उपहार, मायाको चिनो वा स्मृतिचिह्न प्रदान गर्नसमेत निषेध गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका अनुसार अब मन्त्री सहभागी हुने कार्यक्रममा अनावश्यक सम्मान, अभिनन्दन तथा विशेष समारोह आयोजना गरिने छैन । स्वागत औपचारिक र संक्षिप्त बनाउन तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित व्यक्ति र सरोकारवालालाई मात्र सहभागी गराउन निर्देशन दिइएको छ ।

Ncell
Extreme Energy

निर्देशिकाले अनावश्यक भिआइपी जमघट र औपचारिक स्वागत टोलीको व्यवस्थासमेत नगर्न भनेको छ । कार्यक्रम निर्धारित समयमै सुरु र सम्पन्न गर्नुपर्ने तथा लामो स्वागत मन्तव्य र अनावश्यक भाषण हटाएर कार्यसूचीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, कार्यक्रमको सजावट, ब्यानर, उपहार तथा अन्य औपचारिकतामा हुने खर्च कटौती गर्दै सम्भव भएसम्म सम्बन्धित कार्यालयको सभाहल र सार्वजनिक स्रोतसाधन प्रयोग गर्न निर्देशन दिइएको छ ।

सञ्चार तथा प्रचारप्रसारका लागि छुट्टै मिडिया निमन्त्रणा नगरी कार्यालयको आधिकारिक सञ्चार संयन्त्रमार्फत सूचना तथा समाचार सार्वजनिक गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

प्रशासकीय फजुल खर्च नियन्त्रण गर्दै सरकारी कार्यक्रमलाई तडकभडकमुक्त, निर्णयमुखी र परिणाममुखी बनाउने उद्देश्यले निर्देशिका लागू गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...