नेभिगेशन
समाज

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'मिसन १६ खर्ब' नाम दिएका छन्। 

Ncell
Extreme Energy

राजस्व चुहावट रोकेर 'मिसन मोड' मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिँदै आएका छन् । 

गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्बले बढी हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।