नेभिगेशन
समाज

रास्वपाको केन्द्रीय समिति बैठकले के–के निर्णय गर्‍यो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । भदौ ५ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्ने निर्णय गरेको हो।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई केन्द्रीय समिति बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय भएको रास्वपाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, स्थानीय निर्वाचनका लागि गठन हुने केन्द्रीय उम्मेदवार छनोट समितिको सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबाट नामावली माग गर्ने निर्णय बैठकले गरेको छ।

Ncell
Extreme Energy

राइट टु रिकलका लागि ११ सदस्यीय समिति

रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

नौ जना केन्द्रीय सदस्य मनोनीत

बैठकले नौ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ। मनोनीत हुनेमा सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा। मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा। भक्तबहादुर राई छन्।

त्यस्तै, पुरुषोत्तम सुप्रभात यादवलाई सहमहामन्त्री, डा। मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

जगदीश खरेल (ललितपुर) लाई प्रवक्ता तथा डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ।

सचिवालयमा १३ सदस्य

रास्वपाले पार्टी सचिवालयमा १३ जना सदस्य मनोनीत गरेको छ। सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा। मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा छन्।

विभिन्न विभागको जिम्मेवारी तोकियो

बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागको प्रमुख तथा उपप्रमुखको जिम्मेवारीसमेत तोकेको छ। संगठन विभागको प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा। तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी र अर्थ विभागमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ।

४६० गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम

रास्वपाले स्थानीय निर्वाचनको तयारीस्वरूप ४६० गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूलाई उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरणका लागि परिचालन गरिनेछ। कार्यक्रमको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्ने निर्णय भएको छ।

त्यस्तै, असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ।

मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि भएको छ। समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...