नेभिगेशन
मुख्य समाचार

मौसम अपडेटः पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

Ncell
Extreme Energy

त्यसैगरी, बिहीबार राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...