नेभिगेशन
विदेशका कुरा

होर्मुजमाथि इरानको नियन्त्रण कायमै, सम्झौताअघि सेना नहटाउने अडानमा ट्रम्प

अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने स्पष्ट पारेका छन्।

यसले वार्तासँगै सैन्य दबाब कायम राख्ने अमेरिकी रणनीति झल्काएको छ । मङ्गलबार भएको दुई साताको युद्धविरामले द्वन्द्वमा केही विरामको सङ्केत दिए पनि क्षेत्रीय तनाव घटेको छैन । इजरायलले लेबनानमा बमबारी जारी राख्दै इरानका केही प्रमुख मागहरू अस्वीकार गरेपछि परिस्थिति अझै जटिल बनेको छ, जसले आगामी वार्ताको वातावरणमा समेत असर पार्ने देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत अमेरिकी सैन्य उपस्थितिबारे स्पष्ट पार्दै इरान वरपर तैनाथ जहाज, विमान र सैन्य जनशक्ति आवश्यक सबै हतियार र सामग्रीसहित त्यहीँ रहने बताएका छन्।

Ncell
Extreme Energy

उनले ‘दुश्मनको क्षमतामा पहिले नै ठूलो क्षति पुगिसकेको’ उल्लेख गर्दै वास्तविक सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म सैन्य तयारी कायम रहने धारणा व्यक्त गरेका हुन्

यद्यपि, उनले सम्झौता हुने सम्भावनालाई ‘अत्यन्तै कम’ भएको टिप्पणी गरेका थिए। त्यससँगै, सम्झौता असफल भए ‘अझ ठूलो, अझ सशक्त’ आक्रमणमा फर्किने चेतावनी पनि दिए। “हाम्रो सेना तयार छ र अर्को सफलताका लागि अघि बढ्न उत्सुक छ”, भन्दै उनले अमेरिकी सैन्य तयारीप्रति आत्मविश्वास व्यक्त गरेका थिए।

यसबीच, इरानले युद्धविराम अवधिमा महत्त्वपूर्ण समुद्री मार्ग खुला राख्न सहमति जनाएको भए पनि त्यस क्षेत्रमा आफ्नो नियन्त्रण कायम रहने स्पष्ट पारेको छ । विशेषगरी होरमुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने गर्दछ ।

इरानी राज्य सञ्चार माध्यममार्फत सार्वजनिक विवरणमा तेहरानले वासिङ्टनसँगको सम्भावित सम्झौतामा आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिन आग्रह गरेको देखिएको छ । तर, संयुक्त राष्ट्रसङ्घमार्फत प्रस्तुत औपचारिक मागहरूमा यो विषय समावेश नभएको जनाइएको छ । ट्रम्पले भने कुनै पनि सम्भावित सम्झौतामा संवर्धनसम्बन्धी विषयलाई समाधान गरिने बताए।

पाकिस्तानमा तय भएको आगामी वार्तालाई लक्षित गर्दै ट्रम्पले इरानसँगको अन्तिम समझदारीमा ‘इरानसँग कुनै आणविक हतियार नहुने’ र होरमुज जलडमरूमध्य सुरक्षित र खुला रहने सुनिश्चित गरिने दोहोर्‍याएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।