नेभिगेशन
समाज

औषधि व्यवस्था विभागका डीजीमाथि छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औषधिको मूल्य वृद्धिमा देखिएको विवाद र त्यसमा विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संलग्नताबारे छानबिन गरी सात दिन भित्र प्रतिवेदन पेस गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा मन्त्रिपरिषदको कार्यालयले स्वास्थ्य सचिवलाई सो निर्देशन दिएको हो ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधिको मुल्य वृद्धि गरेको भन्ने उजुरी परेपछि त्यसबारे छानबिन गरेर सात दिन भित्र प्रतिवेदन पेस गर्न  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले  चैत २६ गते स्वास्थ्य सचिवलाई निर्देशन दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उजुरीका सम्बन्धमा के कसो भएको हो ? औषधिको मूल्य निर्धारण प्रक्रिया के हो ? उक्त प्रक्रिया पुरा गरी काम भएको हो होइन ? औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमिता भएको भए को कसको संलग्नातामा भएको हो ? सो समेतको सम्पूर्ण विषय समेत खुलाउने गरी विषयविज्ञको संलग्नतामा तीन सदस्यीय छानबिन समिति गठन गर्न निर्देशन दिइएको छ।’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

Ncell
Extreme Energy

उक्त उजुरीपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई चैत २६ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ ।

औषधि उत्पादक तथा व्यवसायीसँगको मिलेमतोमा औषधिमा चर्को मूल्य वृद्धि गरिएको भन्दै आलोचना भइरहेको छ । यसबारेमा दुई दिनअघि रास्वपा सांसद राजीव खत्रीले संसदमै कुरा उठाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...
आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत...