नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मोरिससमा भेटवार्ता

काठमाडौँ । हिन्द महासागर सम्मेलनका क्रममा मोरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।

नवौँ हिन्द महासागर सम्मेलन (आईओसी)को साइडलाइनमा भएको यो भेटमा दुई देशबीचको साझेदारी र क्षेत्रीय सहकार्यका विविध आयामबारे छलफल भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत मन्त्री खनाललाई नियुक्तिमा बधाई दिँदै विभिन्न क्षेत्रमा प्रगाढ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 ‘नेपालसँगको साझेदारीमा रहेका पूर्ण सम्भावनाहरूलाई साकार पार्न विभिन्न क्षेत्रमा थप गहिरो सहकार्य गर्नेबारे हामीले छलफल गर्‍यौँ,’ जयशंकरले उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

बिहीबार मोरिससतर्फ प्रस्थान गरेका मन्त्री खनालले सम्मेलनमा ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ (हिमाल र महासागरको सम्बन्ध) को मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्। 

भूपरिवेष्ठित राष्ट्र भए पनि नेपालले आफ्नो वैदेशिक व्यापारका लागि समुद्री मार्गको अपरिहार्यता र हिन्द महासागरको स्वास्थ्यमा आफ्नो हिस्साबारे सम्मेलनमा राष्ट्रिय अडान राख्ने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’