नेभिगेशन
समाज

रुविकुमारी ठाकुर उपसभामुख निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुविकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकबाट रुवि उपसभामुखमा निर्वाचित भएकी हुन् । २५ वर्षीया समानुपातिक सांसद रुविकुमारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उपसभामुख निर्वाचित भएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपसभामुखमा राप्रपाले समानुपातिक सांसद सरस्वती लामालाई उम्मेदवार बनाएको थियो । अन्तिमसम्म कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि सभामुख डीपी अर्यालले मत विभाजन गराएका थिए ।

Ncell
Extreme Energy

सुरुमा सभामुख डीपी अर्यालले सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै मत विभाजन गराएका थिए । मत विभाजनका क्रममा २ सय ५७ सांसद सहभागी भएकोमा लामाको पक्षमा जम्मा ५ र विपक्षमा २ सय १५ मत परेपछि सभामुख अर्यालले सरस्वती लामालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरे ।

त्यसपछि सभामुख अर्यालले रुविकुमारी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै मत विभाजन गराएका थिए ।

मत विभाजन हुँदा  २ सय ५६ सांसद सहभागी भएकोमा रुविको पक्षमा २२९ मत र विपक्षमा ५ मत खस्यो । त्यस्तै मत दिन्न भन्नेमा २२ मत खसेको थियो । मत विभाजनको परिणामसँगै सभामुख अर्यालले बहुमतले रुविकुमारी ठाकुर उपसभामुख निर्वाचित भएको घोषणा गरे । उनले नवनिर्वाचित उपसभामुख रुविकुमारीलाई बधाई पनि दिए ।

त्यसअघि बैठकमा राप्रपा उम्मेदवार सरस्वती लामाका प्रस्तावक तथा समर्थकले रास्वपाले धोका दिएको आरोप लगाएका थिए । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा नेतृत्वसँग सल्लाह गरेर नै राप्रपाले उम्मेदवारी दिएको तर, केहीबेरमै रास्वपाले बोली फेरेको आरोप लगाए ।

तर, रुविलाई समर्थन गरेको रास्वपाका नेताहरुले भने पछिल्लो जनमतको कदर गर्दै रुविलाई समर्थन गरिएको जवाफ दिए । उनीहरुले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग सहकार्य गर्ने थुप्रै ठाउँहरु रहेको भन्दै चित्त नदुखाउन आग्रह गरे ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।