नेभिगेशन
समाज

यी हुन् चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री

नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्।

उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान नेपाली समयअनुसार आज बिहान करिब ५ः४५ बजे  प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको नासाले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार यात्रा रह्यो। हामी स्थिर अवस्थामा छौं र चारै जना सदस्य पूर्ण स्वस्थ छन्,’ उनले भने।

Ncell
Extreme Energy

नौ दिनभन्दा बढी समयसम्म चलेको यो मिशनमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट करिब ४ लाख ६ हजार ७७१ किलोमिटर टाढासम्म यात्रा गरे। जुन मानव इतिहासकै सबैभन्दा टाढाको दूरी हो। उनीहरूले चन्द्रमाको पछाडिबाट परिक्रमा गर्दै पूर्ण सूर्यग्रहणसमेत अवलोकन गरेका थिए।

मिशनका क्रममा चन्द्रमाको पछाडि पुगेपछि करिब ४० मिनेटसम्म नासासँग सम्पर्क विच्छेद भएको थियो, जुन पूर्वानुमानअनुसार नै भएको थियो। पुनः सम्पर्क स्थापित भएपछि मिशन विशेषज्ञ क्रिस्टिना कोचले भनेकी थिइन्, ‘पृथ्वीबाट फेरि आवाज सुन्न पाउँदा अत्यन्तै राम्रो लाग्यो।’

पाइलट विक्टर ग्लोभरले अन्तरिक्षबाट देखिएको दृश्यबारे प्रतिक्रिया दिँदै भने, ‘हामीले जे देख्यौं, त्यसलाई वर्णन गर्न शब्द नै छैन।’ कमाण्डर वाइजम्यानले पनि अहिलेसम्म कुनै मानवले नदेखेका दृश्य देखिएको बताएका थिए।

नासाले यस अवतरणलाई टेक्स्टबुक ल्याण्डिङको संज्ञा दिएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा चारै जना अन्तरिक्ष यात्री पूर्ण रूपमा फिट रहेको पुष्टि गरिएको छ।

को–को थिए मिशनमा?

आर्टेमिस–२ टोलीमा तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्ष यात्री सहभागी थिए। कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, मिसन विशेषज्ञ क्रिस्टिना कोच र जेरेमी हेन्सन थिए। हेन्सन क्यानडाका हुन्।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई बधाई दिँदै व्हाइट हाउसमा आमन्त्रण गरेका छन्।

‘तपाईंहरूले इतिहास रच्नुभएको छ। अब हामी फेरि यस्तो गर्नेछौं, र अर्को लक्ष्य मंगल ग्रह हुनेछ,’ उनले ट्रुथ सोसियलमा लेखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’