नेभिगेशन
समाज

अमेरिकासँगको वार्ताका लागि पाकिस्तान पुगे इरानका प्रतिनिधि

इरानको प्रतिनिधिमण्डल अमेरिकासँग वार्ताका लागि इस्लामाबाद पुगेको छ । बीबीसी उर्दूकाअनुसार, अमेरिकासँग हुने शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको हो ।


बीबीसी उर्दूले भनेको छ, पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको पुष्टि गरेको छ । स्थानीय मिडियाका अनुसार नूर खान विमानस्थलमा इरानी प्रतिनिधिमण्डलको स्वागत गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले उनीहरूको स्वागत गरेका थिए । यस अवसरमा राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिक, सेना प्रमुख फील्ड मार्शल सैयद आसिम मुनीर र गृहमन्त्री सैयद मोहसिन रजा नक्वी पनि उपस्थित थिए ।

इरानको सरकारी टेलिभिजनको टेलिग्राम च्यानलका अनुसार, यस प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन् ।

रिपोर्टका अनुसार उनीसँगै इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषदका सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासिर हेम्मती तथा ईरानी संसदका अन्य सदस्यहरू पनि सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’