नेभिगेशन
समाज

वार्ता असफल भएपछि इरानले भन्योः अमेरिका दोषी

इरानले अमेरिकाका कारण इस्लामावाद वार्ता विना निष्कर्ष टुंगिए बताएको छ । 

होटल सेरेनामा पाकिस्तानी मध्यस्थतामा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौता नभई टुंगिएपछि इरानी वार्ता टोलीले यस्तो आरोप लगाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इरानले वार्ता विफल हुनुमा अमेरिका दोषी भएको बताएको छ।

Ncell
Extreme Energy

'अमेरिकाको अत्यधिक र अव्यावहारिक मागका कारण वार्ता अगाडि बढ्न सकेन' इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

छलफलको मुख्य विषय स्ट्रेट अफ हर्मुज र इरानको युरेनियम समृद्धिबारे दुई देशबीच मतभेद भएको थियो। वार्तामा चर्काचर्की समेत भएको थियो।

'इरानी टोलीले विभिन्न सिर्जनात्मक प्रस्ताव राख्न पनि अमेरिकी पक्षको हस्तक्षेपकारी र असंगत मागका कारण वार्ता अघि बढ्न सकेन,' इरानी टेलिभिजन प्रसारणमा भनिएको छ।  

इरान सरकारनिकट मानिने विश्लेषक अली गोल्हाकीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी अडानकै कारण वार्ता विफल भएको दाबी गरेका छन्।

उनले इरानलाई पूर्ण रूपमा युरेनियम समृद्धि रोक्नुपर्ने, करिब ९०० पाउन्ड सञ्चित युरेनियम देशबाहिर लैजानुपर्ने र हर्मुज सुरक्षामा अमेरिकी सर्तअनुसार नै हुनुपर्ने माग अमेरिकी प्रतिनिधिमण्डलले राखेको बताएका छन्।

गोल्हाकीले अमेरिकाले लेबननमा इसराइलको आक्रमण रोक्ने कुनै प्रतिबद्धता पनि अमेरिकाले नदिएको आरोप लगाएको छ। ‍

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’