नेभिगेशन
मुख्य समाचार

स्थानीय वायुको आंशिक प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आइतबार राति हिमाली भेगमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसमस फा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।
वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट समेत बाटो खुलेको छ।
रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनीत गरेको हो ।