नेभिगेशन
मुख्य समाचार

जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट समेत बाटो खुलेको छ।

सरकारी छाप तथा लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको आरोपमा नवलपरासी जिल्ला अदालतले गत साउन २० गते यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको लामो समय बितिसक्दा पनि यादव प्रहरीको सम्पर्कमा आएका छैनन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए। उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो।

Ncell
Extreme Energy

उच्च अदालतको आदेशविरुद्ध यादव सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चमा उनका कानुन व्यवसायीले रजिष्ट्रार कार्यालयबाट भएको दरपीठ आदेश बदर गरी रिट दर्ता गर्न माग गर्दै निवेदन दिएका थिए।

उक्त निवेदनमाथि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रजिष्ट्रार कार्यालयले रिट दर्ता नगरेको विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नदेखिएको भन्दै ‘नियमानुसार गर्नु’ भनी आदेश दिएको छ।

सर्वोच्चको आदेशसँगै जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन गर्न प्रहरीलाई थप कानुनी अवरोध नरहेको देखिएको छ।

यादवमाथि सरकारी छाप तथा लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ। सोही आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ।
पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

मागेर जीविकोपार्जन गर्ने पुख्र्यौली पेसा छाडेको वर्षौं बितिसक्यो। तर बाँकेको माहुत समुदायको जीवनमा अभाव र सङ्कट भने घटेको छैन।
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।