नेभिगेशन
समाज

हेटौंडाबाट काठमाडौँ आउँदै गरेको कार दुर्घटना, चालक खड्काको मृत्यु

काठमाडौँ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको एक कार दक्षिणकाली नगरपालिकाको रानीमडाँडामा दुर्घटना हुँदा एक जनाको निधन भएको छ।  आइतबार दक्षिणकाली–९ स्थित केरावारी–सितचोक नजिकैको सडकमा कार अनियन्त्रित भई भिरबाट खसेको हो।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार दुर्घटनामा बा.अ. बी. ५२८१ नम्बरको कारमा सवार काठमाडौं निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको हो। सुरजले गाडी चलाइरहेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहाडी खण्डको घुम्ती र अप्ठ्यारो सडकका कारण कार अनियन्त्रित भई भिरबाट खसेको प्रहरीले जनाएको छ। सडकबाट झन्डै ७ सय मिटर तल खसेका कारण कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। 

Ncell
Extreme Energy

भिर निकै भिरालो र गहिरो भएका कारण दुर्घटनाग्रस्त कार निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’